टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओमा वैशाख २८ गतेसम्म आवेदन दिन पाइने

टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले (वैशाख २३) देखि सर्वसाधारणका लागि २५ लाख १५ हजार ४५५ कित्ता आईपीओ निष्काशन खुला गरेको छ। प्रतिकित्ता १०० रुपैयाँ दरको उक्त आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।आईपीओमा छिटोमा वैशाख २८ गतेसम्म र ढिलोमा जेठ ६ गतेसम्म आवेदन दिन पाइनेछ। कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।